सुनसरी । नेपाल पर्यटन बोर्ड र डिजिटल प्लेटफर्म टिकटकको सहकार्यमा भिजिट नेपाल अभियानको औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गर्दै अभियानको शुभारम्भ गरिएको हो ।
डिजिटल प्लेटफर्म टिकटक मार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्दै नेपालका रमणीय स्थलहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु अभियानको मुख्य उद्देश्य रहेकोछ ।
टिकटिकका भिडियो मार्फत नेपालका कुना कन्दरा तथा हिमालको भव्यता अनि विशालतालाई विश्वमाझमा फैलाउने काम गरिने बताइएको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड र टिकटकको लोगो राखिनुका साथै नेपालको राष्ट्रिय झण्डा, हिमाल, र सांस्कृतिक सम्पदा झल्किने चित्रहरू समेटिएका छन्।
टिकटक मार्फत भिजिट नेपाल अभियानको शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्डको जनसम्पर्क तथा प्रचारप्रसार महाशाखाका कार्यबाहक निर्देशक सुनिल शर्माले विश्वका लागि हाम्रा ढोकाहरू अझ फराकिलो गरी खोलिरहेको बताए ।
शर्माले भने, हामी विश्वभरका पर्यटकहरूलाई नेपाली आतिथ्यको न्यानोपन, हाम्रा हिमालहरूको भव्यता र हाम्रा परम्पराको गहिरो अनुभव गर्न हार्दिक निमन्त्रणा गरिरहेकाछौँ ।
यो अभिायनले नेपाललाई विश्वव्यापी डिजिटल समुदायसँग जोड्ने र नेपालमा पर्यटकहरुको आकर्षण बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको उनको विश्वास छ ।











