सुनसरी । खुकुरी प्रहार गरी ४ जनालाई गम्भीर घाइते बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा खुकुरी प्रहार गर्ने ४३ बर्षीय नइन्द्रकुमार राईलाई आज(सोमबार) बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईले गएराती  ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेजिना राई र नरेन्द्र राईलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । 

उनीहरूमध्ये तेजिना राईको अवस्था गम्भीर छ । उनीहरुको दुर्छिमस्थित नगर अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूमध्ये अन्जना श्रीमती, तेजिना साली, स्यामाउन सासुआमा र नरेन्द्र जेठान रहेको खुलेको छ । घटना के कारणले भयो भन्ने खुलेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।