विराटनगर । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन् । कोशीबाट वरिष्ठ उपसभापतिमा झापाका विश्वप्रकाश शर्मा निर्विरोध चयन भइसकेका छन् ।समावेशी उप सभापतिमा तेह्रथुमकी सिता गुरुङको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा खुल्ला तर्फको महामन्त्रीमा दुई जनाको उम्मेदवारी परेको छ ।  खुल्ला तर्फको महामन्त्रीमा मोरङका गुरुराज घिमिरे र  सुनिल शर्माले उम्मेदवारी दिएका छन् । महिलातर्फको  महामन्त्रीमा मोरङकै डा डिला सङ्ग्रौलाको उम्मेदवारी छ । नेपाली काँगेसको १५ औँ महाधिवेशनमा खुल्ला तर्फ सह महामन्त्रीमा  मोरङका अमृत अर्याल र ओखलढुङ्गाका रामहरि खतिवडा र सुनसरीका राजीव ढुङ्गानाको उम्मेदवारी परेको छ ।  
सहमहामन्त्रीमै अल्पसङ्ख्यकतर्फ सोलुखुम्बुका आङगेलु शेर्पा, आदिवासी जनजातितर्फ सङ्खुवासभाका तारामान गुरुङले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा  दलिततर्फ उदयपुरकी लक्ष्मी परियारको उम्मेदवारी परेको छ ।  सार्वजनिक भएको लिस्ट अनुसार कोशी प्रदेशबाट विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यको उम्मेदवारी परेको छ । 
काँग्रेस महाधिवेशनमा आज निर्वाचन हुँदै छ । २९७ सदस्यीय कार्यसमितिका लागि  कोशी प्रदेश अन्तर्गत प्रदेश क्लस्टरबाट केन्द्रीय सदस्य एक महिला पदमा  दुई जनाको मनोनयन दर्ता भएको छ । कोशी प्रदेश महिला क्लस्टरमा सरस्वती ढुङ्गाना र रेगीना भट्टराईले मनोनयन दर्ता गराएका छन् । यस्तै कोशी प्रदेश खुलातर्फ तीन केन्द्रीय सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । सो पदका लागि महेश थपलिया, मेदिनीप्रसाद सिटौला, विमलकुमार सङ्ग्रौला, हुकुमसिंह राई, राजेशकुमार खड्काले उम्मेदवारी दिएका छन् । यस्तै डम्बरबहादुर खड्का, दीपनकुमार श्रेष्ठ, जनार्दनराम निरौला, विदुर बस्नेत, बाबुराम कोइराला (बासु)  टिकाराज ढकालले उम्मेदवारी दिएका छन् । यस्तै सोही पदका लागि केशवप्रसाद भेटवाल, विश्वनाथ रिजाल र भीमबहादुर थापा उम्मेदवार बनेका छन् । 
केन्द्रीय सदस्यमा  भीम पराजुली, छत्रबहादुर गिरी, वीरमणि ढकाल, अनिलकृष्ण प्रसाईँ, कुमार लुइँटेल, केशव थापा, प्रकाशसिंह कार्की, रमेशजंग रायमाझीको मनोनयन दर्ता भएको छ । 
यस्तै सुनसरीका राजीव कोइराला, पूर्णकुमार तुम्बापो, वीरकाजी राई, विजय सम्बाहाम्फे, विष्णुकुमार राई, सुरेश योङया, सूर्यकुमार नेम्वाङ, चन्द्रेश्वर शर्मा खत्वे, पङ्कजकुमार वर्मा, गोपालबहादुर थापा, विनोदकुमार बस्नेत, शिवनारायण सिंह गनगाई र तिलप्रसाद सुब्बा पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । 
यसै गरी  उमा सिवाकोटी, मृदुला कोइराला, नरेन्द्र केरुङ, निश्कल राई, प्रदीप सुनुवार, गीता गुरुङ, प्रमिला राई, लीलादेवी बोखिम, शोभा चेम्जोङ, मनमाया विक, गोमाकुमारी पराजुली अन्सारीले उम्मेदवारी दिएका छन् । यस्तै  पुनम सिंह, डा सीता पोखरेल घिमिरे, नवोदिता चौधरी, प्रमिला चौधरी, सूची चौधरी, नजबुल खातुन र सञ्जाकुमारी दनुवार केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।  
३५ वर्षमुनिका युवा महिलातर्फ एक पदका लागि पूर्णिमा देव, प्रमीला ढकाल, मिरा कटुवाल, डा। योशिका भट्टराई, रक्षा यादव, रुबी सिटौला, लिजा बस्नेत र सरिता पौडेल उम्मेदवार छन् । ३५ वर्षमुनिका युवा खुलातर्फ एक पदका लागि अनोज कार्की, गोविन्द लिम्बू, गौरव भण्डारी, जयन्तदेव पोदार, दीपेन्द्र न्यौपाने, दोर्ची शेर्पा, मदन भण्डारी, विकल राई, विश्वराज तामाङ, समुन्द्र पोखरेल, सरोज थापा, सुविन पराजुली र हेमकाजी बस्नेतले उम्मेदवारी दिएका छन् ।