विराटनगर। भोटेकोसी बाढीमा परेका दुई जनाले एघारौँ दिनमा उद्धार भएको छ। भोटेकोसीमा भदौ १० गते बिहान आएको बाढीले सयौँको ज्यान लिएको छ भने हजारौँ सम्पर्कविहीन छन्। खोज तथा उद्धारमा संलग्न खोजकर्ताले शनिवार दुई जनालाई उद्धार गरेका हुन्। 
शनिवार दिउँसो नुवाकोटको विदुर नगरपालिका(१० स्थित बेत्रावतीबाट ६४ वर्षीय चन्द्रिका श्रेष्ठको अचेत अवस्थामा फेला परेकी हुन्। उनलाई सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा रहेको टोलीले श्रेष्ठलाई घरभित्र अचेत अवस्थामा फेला पारेको थियो। 
उनी आफ्नै घरको चौथो तालमा फेला परेकी हुन्। हिलोमा गाडिएको अवस्थामा रहेकी श्रेष्ठलाई उद्धार गरेर थप उपचारका लागि काठमाडौँ लगिएको छ। 
त्यस्तै, नेपाली सेना र कोरियाली टोलीले माथिल्लो त्रिशूली(१ जलविद्युत आयोजनाको सुरुङबाट शनिवार दिउँसो एक जना चिनियाँ नागरिकको उद्धार गरेको छ। उनी पनि सकुशल छन्। उद्धार पछि उपचारका लागि उनलाई नुवाकोटको त्रिशूलीस्थित सैनिक ब्यारेकमा लगिएको छ।  बाढीमा परेर हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको छ। त्यस्तै, चार हजार ८८७ जना सम्पर्कविहीन छन्।