इटहरी । केशव कार्की सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका छन्।
कोशी प्रदेश खेलकुद विकास बोर्ड ले बिहीबार उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो।
लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय कार्की फुटबल प्रशासन र क्लब व्यवस्थापनमा परिचित नाम हुन्।
उनी अखिल नेपाल फुटबल संघ (एन्फा) कोशी का सहमहासचिवका रूपमा कार्यरत छन् भने राष्ट्रिय जागृति क्लब का अध्यक्ष समेत हुन्।
इटहरी निवासी कार्की सुनसरी जिल्ला फुटबल संघ निबर्तमान अध्यक्ष समेत हुन ।
फुटबलसहित समग्र खेलकुद विकासमा उनको सक्रिय भूमिका रहँदै आएको छ।
कार्कीको नियुक्तिसँगै सुनसरी जिल्लामा लामो समयदेखि सुस्त बनेका खेलकुद गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
खेलकुदकर्मीहरूले उनको अनुभव र नेतृत्वले जिल्लाको खेलकुद विकासमा नयाँ गति दिने विश्वास व्यक्त गरेका छन्।

















