सुनसरी ।  हाम्रो धरान भेट्रान क्लब इटहरीको छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा  पुगेको छ ।
इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा बुधबार  भएको खेलमा  बर्मिक  नाम्फिङ भेट्रान क्लब सिक्किम लाई  ट्राइबिकरमा ३ गोल  अन्तरले पराजित गर्दै धरान सेमिफाइनलमा पुगेको हो । 

धरानको तर्फबाट  खेलको दोस्रो  हाफको १४ मिनेटमा जर्सी नम्बर ९ का पदम   राईले  गोल  गरेका थिए । त्यस्तै सिक्किमकातर्फ बाट   १८ औँ  मिनेटमा कर्मा सान्दिप भुटियाले गोल गर्दै खेललाई बराबरी  बनाए । दुबै  तर्फ  बाट  निर्धारित समयमा थप गोल  हुन नसक्दा खेल पेनाल्टी  सुटमा गएको  थियो  ।

Football 1

पेनाल्टी  सुटमा  धरानले  सिक्किम लाई  ३ । १ ले पराजित  गर्‍यो । पेनाल्टीमा धरानका गोल  रक्षक नायक  बने उनले  सिक्किमका  ३ खेलाडीको प्रहार  रोकेका  थिए ।  बिहिवार  देखि  सेमिफाइनल खेल  शुरु  हुनेछ । सेमिफाइनको खेलमा हाम्रो  इटहरी  भेट्रान  र दमक  भेट्रान क्लब फाइनल पुुग्न भिड्नेछन्  ।
चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा एक भारतीय सहित ८ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ ।
विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।