सुनसरी । आयोजक हाम्रो इटहरी भेट्रान छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा मङ्गलवार भएको तेस्रो क्वाटरफाइनल खेलमा एभरेस्ट भेट्रान क्लब भाउन्नेलाई ४–२ गोल अन्तरले पराजित गर्दै इटहरी सेमिफाइनलमा पुगेको हो।WhatsApp Image 2026-04-07 at 20.09.52

इटहरीको जितमा तीर्थ याक्सो नायक बने। उनले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका याक्सोलाई म्यान अफ द म्याच घोषित गरिएको थियो।

प्रतियोगिताअन्तर्गत बुधवार हुने चौथो क्वाटरफाइनल खेलमा हाम्रो भेट्रान क्लब धरानले सिक्किमको बर्मिक नाम्फिङ भेट्रान क्लबको सामना गर्नेछ।WhatsApp Image 2026-04-07 at 20.09.52 (1)

चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको एक टोलीसहित ८ वटा टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।WhatsApp Image 2026-04-07 at 20.09.54

यस्तै, विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।