सुनसरी। छैठौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत २२ गतेदेखि ‘आयोजना हुने भएको छ ।
हाम्रो इटहरी भेट्रान क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २२ देखि २८ गतेसम्म इटहरीमा सञ्चालन हुने जानकारी दिएको हो ।
प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा टोलीको सहभागिता रहनेछ ।
भारतको सिक्किमस्थित बम्रिक नामफिङ क्लबसँगै आयोजक इटहरी भेट्रान, धरान भेट्रान, हाम्रो धरान, पथरी भेट्रान, एभरेस्ट भेट्रान, विराटनगर भेट्रान र दमक भेट्रान क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ ।
त्यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ ।
विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

















