सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको स्पोर्टस् मिट अन्तर्गत ब्याडमिन्टनमा कस्तुरी कलेजले वर्चस्व कायम गर्दा एथलेटिक्समा पिसजोन आवासीय माविले ८ स्वर्ण जित्दै प्रथम भएको छ ।
इटहरी रङ्गशाला परिसरको कवर्ड हलमा सम्पन्न ब्याडमिन्टनमा छात्र तर्फ कस्तुरीका दर्पण केरुङ प्रथम भएका छन् ।
कस्तुरीकै मिसेक चोङवाङ लिम्बु दोस्रो भएका छन् । बिश्वआदर्शका हेन्सन खड्का र सुस्मा गोदावरीका प्रमिश बिक तृतीय भएका छन् ।
छात्रा तर्फ कस्तुरी कलेजकी आर्जु सिग्देलले प्रथम स्थान हासिल गर्दा कस्तुरीकै एञ्जिला राई दोस्रो भएकी छन् ।
कोसी सेन्ट जेम्सकी बिद्या तामाङ तृतीय हुँदा ग्रीनपिस नमुना कलेजकी सुनिता चौधरी तेस्रो भएकी छन् ।
टेबल टेनिसमा छात्र तर्फ बिश्वआदर्शका प्रसून निरौला प्रथम र प्रतीक ढकाल दोस्रो भएका छन् ।
सुस्मा गोदावरीका हेमराज खड्का र नास्ट कलेज धरानका सोनाल ताम्राकार तेस्रो भएका छन् ।
छात्रातर्फ कस्तुरी कलेजका सुधा पोखरेल प्रथम हुँदा बिश्वआदर्शका सुधा बस्नेत दोस्रो भएका छन् ।
बिश्वआदर्शकै प्रतिज्ञा सुबेदी र कोसी सेन्ट जेम्सकी बिद्या तामाङ तेस्रो भएकी छन् । 
हिसान स्पोर्टस मिट अन्तर्गत एथलेटिक्सको सिनियर विधाको विभिन्न इभेन्ट्समा ८ स्वर्ण, १ रजत र १ काश्य गरी कूल १० पदकका साथ पिसजोन आवासीय मावि प्रथम भएको छ ।
bbbb
झुम्काको लर्डबुद्ध स्कुलले ४ स्वर्ण, ३ रजत र ३ काश्य सहित दोस्रो भएको छ ।
तेस्रो स्थान हासिल गरेको आरम्भ बिद्या मन्दिर झुम्काले १ स्वर्ण, ३ रजत र १ काश्य पदक हात पारेको छ ।
एथलेटिक्सको जुनियर अर्थात् कक्षा ७ सम्मको खेलमा ३ स्वर्ण, १ रजत र ३ काश्य गरी ७ पदकका साथ बिश्वआदर्श प्रथम भएको छ ।
झुम्काको लर्डबुद्ध दोस्रो र कोसी सेन्ट जेम्स तेस्रो भएको छ ।
स्पोर्ट्‌स मिट अन्तर्गत फुटबल आइतबारदेखि सुरु हुनेछ भने क्रिकेट सोमबारदेखि हुनेछ ।