सुनसरी । राष्ट्रिय जागृति क्लब, इटहरीले भोली शनिबार एक दिने निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ।

क्लबका अनुसार शिविरमा निःशुल्क आँखा परीक्षण, निःशुल्क औषधी वितरण तथा निःशुल्क मोतिबिन्दु अपरेशन को व्यवस्था रहनेछ।

शिविर बिहान 9 बजेदेखि दिउसो २ बजेसम्म  सञ्चालन गरिनेछ। कार्यक्रम इटहरी ९ को इटहरी रंगशालामा हुनेछ।

शिविरमा प्राविधिक सहयोग तिलगंगा आँखा प्रतिष्ठान, रुइट फाउन्डेशन तथा आरएलजी आँखा अस्पतालबाट प्रदान गरिने क्लबले जनाएको छ।

क्लबका अध्यक्ष केशव कार्कीका अनुसार शिविरले स्थानीय समुदायका आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिकलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ।

विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरू ९८४७०२७५५५ र ९८४२०८८१५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।