इटहरी । नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा समुह क अन्तरगत धनबहादुर पुरी र प्रदिप श्रेष्ठको टिम बिजयी भएको हो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरामा तरहरा ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा पुरी र श्रेष्ठको टिम बिजयी भए भने राजकुमार राइ र राम तामाङको टिम उपबिजेता बन्यो ।
तीन समुह चरणमा भएको प्रतियोगितामा ख समुहबाट रबिन बस्नेत र मेम कुमार राईको टिम प्रथम भएको छ । उपबिजेतामा आशिष श्रेष्ठ र गिता तामाङले जित्त बुझाए ।
त्यस्तै समुह ग बाट सिम्रन मगर र प्रेमको टिम बिजयी भए भने उपबिजेतामा ललित मगर र तिलकले बाजी मारे । प्रतियोगिताको बिजेताले नगद १० हजार र ट्रफि पाएका छन् भने उपबिजेताले नगद ५ हजार र ट्रफि पाए ।
इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले खेलको उद्घाटन गर्दै ब्याडमिन्टनले मानिसलाई स्वास्थ्य सँगै सकरात्मक बनाउने बताए । खेल क्षेत्रमा सरकारको लगानी आवश्यक रहेको बताउदै मेयर पौडेलले नगरबासीलाई स्वास्थ्यमा ध्यान दिन आग्रह पनि गरे ।
क्लबका अध्यक्ष मेमकुमार राइले जनस्तरको बृहत सहभागीतामा बनेको तरहरा ब्याडमिन्टन क्लबमा दैनिक सय भन्दा बढि खेलाडीले ब्याडमिन्टन खेल्दै आएको जानकारी दिए । कार्यक्रमको संयोजन तरहराका उतकृष्ट खेलाडीहरु जय खड्का, चन्द्र तामाङ, नारायण गुरुङ, देव अधिकारी, अनिल अधिकारी, अनिल निरौला, उत्तम रार्इले गरेका थिए।