सुनसरी - आयोजक राष्ट्रिय जागृति क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको अन्तिम चारमा पुग्न सफल भएको छ ।
IMG_4753
इटहरी रङ्गशालामा आइतबार राती सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा आयोजकले पाहुना टोली  कञ्चनजङ्घा फुटबल क्लब भारतलाई पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको हो ।
5
      पेनाल्टीमा एरिन तामाङको प्रहार बाहिरिएपछि कञ्चनजंगा क्वाटरफाइनलमै घर फर्कन बाध्य भयो । उसका चार जना खेलाडी अभिषेक लामा, निवाङ तामाङ, पूजन सुब्बा, र सरोनको प्रहार मात्र गोलमा परिणत भएको थियो । 
       आयोजकको तर्फबाट पाँचै जनाले गोल गरे । योगेन्द्र कार्की, प्रवेश दनुवार, विशाल भण्डारी, उमेश कार्की र अन्तिम पेनाल्टी प्रहार गर्न आएका विदेशी खेलाडी नपोलिनको प्रहारले सिधै जाली चुमेपछि आयोजकको जित निश्चित भएको हो । 
iii
      त्यसअघि निर्धारित समयको १३ औँ मिनेटमा एरिन तामाङको पासमा पूजन सुब्बाले गोल गर्दै कञ्चनजंगालाई अग्रता दिलाएका थिए । तर उसको अग्रता ८६ औँ मिनेटमा आयोजकका नपोलिनले गोलगरेपछी खेल १-१ को बराबरीमा आएको थियो । 
           आजको विजेता आयोजकले अब सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटीबिच मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेलको विजेतासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । आइतबारको खेलको म्यान अफ द म्याच विजयी टिमका नपोलिन घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 
44
        सोमबारको तेस्रो क्वाटरफाईनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौँ र बिर्तामोड युनाईटेडबिच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय जागृति क्लबका उपाध्यक्ष केशव कार्कीले जानकारी दिए ।  शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
तस्बीर - गुरु ढकाल, सञ्चारपाटी