सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको १४ औँ संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ । यसबर्षदेखी रात्रिकालीन समयमा सुरु गरिन लागेको गोल्ड कपको सम्पूर्ण तयारी पुरा भएको हो ।
शनिवार हुने उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र साबिक विजेता सगरमाथा यूथ क्लब मोरङबिच प्रतिस्पर्धा हुदैछ ।
DSC_5060
प्रतियोगिता इटहरी रङ्गशालामा साँझ साढे ६ बजेपछि फलड लाइटमा सुरु हुने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ । एक सातासम्म चल्ने गोल्ड कपमा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता रहेको छ ।
DSC_5065
प्रतियोगिताको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने क्लबका उपाध्यक्ष केशव कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ ।
DSC_5051
विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान द म्याच हुने खेलाडीले १० हजार पाउने छन् ।
गोल्ड कपलाई आगामी वर्ष पनि रात्रिकालीन समयमै आयोजना गरिने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।
जसका लागि गत आर्थिक बर्षमानै इटहरी रङ्गशालामा फ्लर्ड लाईट जडान गरिएको थियो ।
DSC_5082
रंगशालाको उत्तर र दक्षिण तर्फको कुनामा लाइट जडान गरिएको छ । रङ्गशालामा लाईट जडानका लागि कोसी प्रदेश सरकार खेलकुद विकास बोर्डले गत आर्थिक वर्षमा ८० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
चालु आर्थिक वर्षमा थप रकम उपलब्ध नभएकाले बाँकी लाइट अस्थाइरुपमा जडान गरिएको छ ।
तस्बीर - गुरु ढकाल, सञ्चारपाटी