सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औँ संस्करण चैत्र १० गते देखी हुने भएको छ ।
आयोजक राष्ट्रिय जागृति क्लबले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आगामी चैत्र १० गते देखी १९ गतेसम्म रात्रिकालीन समयमा प्रतियोगिता सञ्चालन गरिने जानकारी गराएको हो ।
DSC_1029
एक सातासम्म चल्ने गोल्डकपमा दुई भारतीय र नेपालका ८ गरी १० टिमको सहभागिता रहनेछ ।
इटहरी रङ्गशालामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ ।
DSC_1024
विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यानअफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन् । इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चर्ज ब्वाईज युनाईटेड, मच्छिन्द्र क्लब, न्यूरोड टिम एनआरटी, सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत, बिर्तामोड युनाईटेड झापा, मानेभञ्ज्याङ क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहने छ । 
      इटहरी रङ्गशालामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।
DSC_1025
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यानअफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन् । इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चर्ज ब्वाईज युनाईटेड, मच्छिन्द्र क्लब, न्यूरोड टिम एनआरटी, सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत, बिर्तामोड युनाईटेड झापा, मानेभञ्ज्याङ क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहने छ । 
DSC_1015
          क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार ७५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
कोसी प्रदेश खेलकुद विकास बोर्डले १५ लाख र राष्ट्रिय खेलकुद परिषदले १० लाख रुपैयाँ सहयोग गर्ने आश्वासन दिएको क्लबका अध्यक्ष डुम्जनले जानकारी दिए । स्थानीय सहयोगी दाता र टिकट बिक्रीबाट २४ लाख सङ्कलन हुने बताइएको छ ।
प्रतियोगिताको गत संस्करणमा साढे ३ लाख मुनाफा भएको छ । गत संस्करणमा ५९ लाख ६० हजार ४ सय ५० रुपैयाँ आम्दानी र ५५ लाख ९४ हजार रुपैयाँ खर्च हुँदा ३ लाख ६६ हजार ४ सय ५० रुपैयाँ नाफा भएको आयोजकले जनाएको छ । प्रतियोगितालाई कन्ट्रोल लुब्रीकेन्टले मुख्य प्रायोजन गरेको छ ।
तस्बीर - गुरु ढकाल, सञ्चारपाटी