सुनसरी । यूथ क्लब इटहरी १ को आयोजनामा वडा कप फुटबल प्रतियोगिता हुने भएको छ ।
राष्ट्रिय  माविको खेलमैदानमा फागुन ६ गते देखी हुने भएको हो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १ को संयोजन तथा इटहरी उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको विजेताले नगद ५० हजार र उपबिजेताले ३० हजार रुपैयाँ पाउने अध्यक्ष यामकुमार राईले बताए ।
प्रतियोगिताको प्रत्येक खेलको म्यानअफद म्याचले नगद १ हजार पाउने र बिधागतरुपमा उत्कृष्ट हुनेलाई पनि नगद पुरस्कार दिइने प्रतियोगिता संयोजक दिलकुमार राईले बताए ।