सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत भलिबल प्रतियोगिताको उपाधि दुवै विधातर्फ इटहरीको बिश्वआदर्श कलेजले जितेको छ ।

इटहरीको तरहरामा शुक्रवार सम्पन्न फाइनल खेलमा छात्र छात्रा दुवै विद्यामा बिश्वआदर्श च्याम्पियन बनेको हो ।

बिश्वआदर्शले छात्रा तर्फ भएको फाइनल खेलमा पूर्वाञ्चल सेकेण्डरी स्कुललाई २-० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५-१८ ले जितेको बिश्वआदर्शले दोस्रो सेट पनि २५-१७ ले आफ्नो पक्षमा पार्दै सहज जीत हात पारेको हो ।

bbb

यस्तै छात्र तर्फ पनि च्याम्पियन बनेको बिश्वआदर्शले फाइनल खेलमा धरान आदर्श कलेजलाई २-० कै सोझो सेटमा पराजित गर्‍यो । पहिलो सेटमा २५-१८ ले नै जितेको बिश्वआदर्शले दोस्रो सेट पनि २५-१७ ले आफ्नो पक्षमा पार्‍यो ।

बिश्वआदर्शका इमरान शेख प्रतियोगिताको छात्र तर्फ उत्कृष्ट खेलाडी भए । यस्तै छात्रा तर्फ पनि बिश्वआदर्शकै गंगा कटुवाल उत्कृष्ट खेलाडी घोषित भइन । माघ १५ गते देखी भएको प्रतियोगितामा हिसान सुनसरीमा आबद्ध एक दर्जन शिक्षालयको सहभागिता रहेको थियो ।