सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत क्रिकेट प्रतियोगिताको उपाधि इटहरीको कोसी सेन्ट जेम्स स्कुलले जितेको छ । इटहरी ९ स्थित जनता क्रिकेट मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा कोसी सेन्ट जेम्सले सुस्मा गोदावरी कलेजलाई ४१ रनले पराजित गर्दै उपाधि जितेको हो । 
       टस हारे पहिले ब्याटिङ गरेको कोसीले निर्धारित १२ ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ८ रनको योगफल खडा गरेको थियो । कोशिका लागि मनिष माझीले सर्वाधिक २० रनको योगदान गरे । रमन शाहले १९ र रमणराज भटराईले १८ रन बनाए । बलिङ तर्फ सुस्माका अनुज मेहता र राहुल झाले २-२ विकेट लिए ।
IMG_2825
     १ सय ९ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको सुस्मा कलेज ७ विकेट गुमाउँदै ६७ रन मात्र बनाउन सकेपछि कोसीले सहज जीत हात पारेको थियो । सुस्माको लागि रतिक भटराईले २५ रन र करुण खड्काले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
        खेलको म्यान अफ द म्याच र उदयमान खेलाडी कोसी सेन्ट जेम्सका रमणराज भटराई घोषित भए । बेस्ट ब्याष्टमेन रमन शाह, वेस्ट बलर र उत्कृष्ट खेलाडी भुवन थापा घोषित भए ।