सुनसरी । सुस्मा गोदावरी कलेज र ग्रीनपीस नमुना स्कुल इटहरीमा जारी हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन ।

इटहरी २ स्थित बुढासुब्बा खेल मैदानमा सोमबार भएको उद्धघाटन खेलमा सुस्मा गोदावरीले सीबि कलेजलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

सुस्मा कलेजको जीतमा दुर्गेन्द्र राई, जम्सेद अली, आयुष चौधरी, जेनील याखा र नाइस राईले गोल गरे । खेलको म्यानअफ द म्याच जेनिल याखा घोषित भए । उनलाई कार्यक्रमका बिशिष्ट अतिथी कोशी प्रदेश फुटबल संघका सदस्य अनुरोध थापाले मेडल प्रदान गरे । 

ffff

     सोमबार नै सम्पन्न दोस्रो खेलमा ग्रीनपीस नमुना स्कुलले कस्तुरी कलेज इटहरीलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । ग्रीनपीसको जीतमा रबिन्द्र कार्कीले निणर्ायक गोल गरे ।

उनी म्यानअफ द म्याच घोषित भए । उनलाई कार्यक्रमका बिशिष्ट अतिथी सुनसरी जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष दिपक राईले मेडल प्रदान गरे । 

     प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेल बिश्वआदर्श कलेज इटहरी र इनरुवाको स्मल ह्याबेन स्कुलबिच प्रतिष्पर्धा हुदा दोस्रो खेल पिसजोन स्कुल र गोदावरी सेकेण्डरी स्कुलबिच प्रतिष्पर्धा हुने सुनसरी जिल्ला फुटबल संघका महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।

ffffff

     हिसान सुनसरी र एन्फा सुनसरीको संयुक्त आयोजनामा भएको प्रतियोगिता इटहरी र धरान क्षेत्र गरी दुई स्थानमा सञ्चालन गरिएको छ । धरान क्षेत्र अन्र्तगत एन्फा एकेडेमीमा मंगलबारबाट खेल हुने प्रतियोगिता संयोजक भेषराज कार्कीले बताए ।