सुनसरी । उच्च माध्यमिक शिक्षालय सङ्घ हिसान इटहरीको दोस्रो हिसान स्कुल स्पोर्ट मिट २०८० अन्तर्गत बास्केटबल प्रतियोगिताको फाइनलमा बिश्वआदर्श र सुस्मा कलेज भिड्ने भएका छन् ।
इटहरी ८ स्थित सुस्मा स्कुलको बास्केटबल कोर्टमा बुधवार सुरु भएको खेलमा बिश्वआदर्शले कस्तुरी कलेज, पूर्वाञ्चल स्कुल र सीबी कलेजलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
basketball
कोसी सेन्ट जेम्स उपस्थित नभएपछि सिधै बाई पाएर सेमिफाइनल पुगेको सुस्माले पिस जोन स्कुललाई पराजित गर्दै फाइनलमा बिश्वआदर्शसंगको उपाधि भिडन्त पक्का गरेको हो ।
त्यसअघि पिस जोनले ग्रीनपिस  स्कुललाई पराजित गरेको थियो ।
फाइनल खेल बिहीबार बिहान हुने संयोजक पेशल पोखरेलले जानकारी दिए ।
आगामी १४ गते सम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा बास्केटबल ,फुटबल ,क्रिकेट , भलिबल , टेबलटेनिस, ब्याडमिन्टन , दौड लगायत खेल हुने पोखरेलले जानकारी दिए ।