सुनसरी । इटहरीको राष्ट्रिय जागृति क्लब इलाम सदरमुकाममा जारी इलाम गोल्ड कपको पहिलो खेलबाटै बाहिरिएको छ ।
राजा क्लबलाई पहिलो खेलमै घर फर्काएको झापाको बिर्तामोड युुनाइटेड भने सेमी फाइनल प्रवेश गरेको छ ।
इटहरीको राष्ट्रिय जागृति क्लबलाई ०-३ गोल अन्तरमा पराजित गर्दै बिर्तामोड युनाइटेडले छिमेकी जिल्लामा दोस्रो चरणको यात्रा पक्का गरेको हो ।
बिर्तामोड  युनाइटेडका लागि युुसुुव थपलियाले २ गोल गरे । अर्को गोल खमिर गिल्सन कन्दङ्वाले गरे ।  ३ अफ्रिकन खेलाडी सहित मैदान उत्रिएको इटहरी आपसी तालमेल मिलाउन नसक्दा पराजित बन्न पुग्यो ।
भोली सोमबारको खेल काठमाडौँको एनआरटी क्लब र सर्लाहीको बागमती युवा क्लबबिच हुनेछ ।
हिजो शनिवार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ फुुटवल क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै आयोजक रेड हर्ष फुटबल क्लबले सेमिफाइनल यात्रा तय गरिसकेको छ ।
माघ १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख पुरस्कार प्राप्त गर्ने छन् ।