सुनसरी । संविधानसभाका अध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा इटहरीमा शुक्रवारदेखि सुरु भएको फुटसल प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरू सम्पन्न भएका छन् ।
राष्ट्रिय युवा संघ इटहरीले आयोजना गरेको फुटसल प्रतियाृगिताको शुक्रवारको खेलमा स्काई पावर ए ले पाथीभरा फुटसललाई पराजित गरेको छ । हिमशिखर स्कुलले सार्काटार एफसीलाई पराजित गर्दा डिम्स क्लबले कोश सेन्ट जेभियर्स स्कुललाई पराजित गरेको छ ।
यस्तै इटहरी फुटबल क्लबले योङ ब्वाईज एफसीलाई पराजित गरेको छ ।
माहाबीर युथ क्लबले हाट खोला एफसीलाई पराजित गर्दा शान्तिनगर एफसीले पैठान युवा क्लबलाई पराजित गरेको छ ।
पहिलो चरणमा विजयी उक्त टिमहरू दोस्रो चरण प्रवेश गरेको र बाँकी खेलहरू शनिवार नै सम्पन्न गरेर फाइनल खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा इटहरी उपमहानगरपालिका भित्रका २८ ओटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेले ५१ हजार सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ३१ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रिय युवा संघ इटहरीका सचिव सुमन कटुवालले बताए ।