इटहरी । चाडपर्वको अवसरमा इटहरीको वेदान्त हस्पिटलले उपचारमा विशेष छुटको दिने भएको छ । 

चाडपर्वको समय सुरु भएसँगै आईपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचारका लागि विशेष छुट दिईने हस्पिटलले जनाएको छ । 

एमबिबिएस तथा जेनेरल फिजिसियन  सेवाको शुल्क ४०० लाग्ने गरेकोमा विशेष छुट गर्दै अब  १०० मै सेवा सुरु भएको छ । ल्याब परिक्षणमा पनि विशेष छुट प्रदान गरिएको छ ।  

 विहिबार कुशेऔँशी तथा बुवाको मुख हेर्ने दिनको बाट यो उपचारमा छुट सुरु गरिएको हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिए । 

अत्याधुनिक मेसिन द्धारा गरिने ल्याब परिक्षण अन्र्तगत सुगर बिरामीहरुलाई खाली पेट र खाना पछि जम्मा रु १०० पर्ने जाँच अब रु २५ मै हुने भएको छ । हस्पिटलामा गरिने अन्य ल्याब परिक्षणमा पनि यो विशेष छुट लागु हुने प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए । 

नियमित रूपमा सञ्चालन भइरहेका अन्य सेवाहरू डिजिटल एक्स–रे, भिडियो एक्स–रे, फार्मेसी, ल्याब, हाड जोर्नी तथा नशा रोग विशेषज्ञबाट C–Arm machine को प्रविधिबाट भाँचिएको हड्डीलाई सिधा गरेर, के–वार वा प्लेटिङ्ग गरी अपरेसन सेवा पनि  सञ्चालनमा रहेको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए ।