इटहरी । इटहरीको पुरानो सांगीतिक ब्यान्ड नेक्सस ब्यान्डले आफ्नो नयाँ एल्बम बजारमा ल्याएको छ । नेक्ससले यस अघिका केही गित र नयाँ गितलाई समेटेर नयाँ एल्बम ‘वारिपारी’ बजारमा ल्याएको हो ।
नयाँ एल्बमलाई अगामी मंसिर ५ गते औपचारिक रुपमा सार्वजनिक गर्दै त्यसमा समावेश गितहरुको लाइभ प्रस्तुती दिने नेक्सस ब्यान्डले जानकारी दिएको छ ।
कार्यक्रम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै ब्यान्डका गिटारिस्ट नविन न्यौपानेले इटहरीको क्लब के मा विशेष लाइभ प्रस्तुती दिने बताए । साँझ ३ बजे देखी ५ सम्म सांगितिक कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।
ब्यान्ड सदस्य न्यौपोनका अनुसार नयाँ एल्बममा आठ ओटा गित समावेश गरिएको छ । प्रकृति, माया प्रेम, सद्भाव लगायतका विषयलाई समेटेर एल्मब तयार पारिएको छ ।
दुई दशक अघि देखी निरन्तर सांगितिक प्रस्तुती दिँदै आएको यो ब्यान्डका सदस्यहरु कामको सिलसिलामा विभिन्न देशमा छरिएर बसोबास गरेपनि गित भने निकाल्दै आएको न्यौपानले जानकारी दिए ।
यस अघि आफ्ना गितहरुलाई युट्युब मार्फत सार्वजनिक गर्दै आएको अवस्थामा यस पटक भने एल्मब नै बजारमा ल्याएको उनले बताए ।
कुनै समय इटहरीमा नियमित सांगीतिक कार्यक्रम गर्दै इटहरीबासीको मनमा बस्न सफल यो ब्यान्ड पुन दर्शक माझ जोडिन आएको हो ।
ब्यान्डका सदस्यहरूमा गायक पवन लिम्बू, गिटारिस्ट मनोज राई र सुजन लिम्बू, ड्रमर नवीन श्रेष्ठ तथा बेस गिटारमा नवीन न्यौपाने रहेका छन् । ब्यान्डका सदस्यहरु अहिले कामको सिलसिलामा विभिन्न देशमा रहेता पनि सांगितिक यात्रालाई भने जारी नै राखेका छन् ।
सांगितक प्रस्तुती मार्फत दर्शकलाई पुराना दिनको सम्झना दिलाउँदै आपसी सद्भाव, माया र हौसला प्राप्त गर्ने विश्वास लिएको ब्यान्डका गायक पवन लिम्बुले बताए ।










