विराटनगर । नेपाली काँग्रेसका नेता विजय गच्छदार मनोनयन दर्ता गर्नका लागि दुहबी पुगेका छन् । उनले आफूलाई काँग्रेसले सुनसरी ३ बाट उम्मेदवार बनाउनका लागि कन्फर्म गरेको भन्दै मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय जाँदै छन् ।
उनलाई हिजो बेलुका नै सुनसरी ३ का लागि उम्मेदवार बनाउनका लागि टिकट दिइएको थियो । उनलाई सभापति गगन थापाले नै उम्मेदवारको टिकट दिएका थिए । पछि वेद गच्छदारलाई पनि उम्मेदवारका लागि टिकट दिएको खुलेको छ । दुवैसँग भएको टिकटमा सभापति गगनकुमार थापाले हस्ताक्षर गरेको देखिएको छ भने पार्टीको छाप लगाइएको छ ।
दुवैसँग टिकट भएपछि सुनसरी ३ मा काँग्रेसमा को आधिकारिक उम्मेदवार को भन्नेमा विवाद भएको छ । विवाद पछि अहिले छलफलको तयारी भइरहेको छ।
विजय २०४८ सालदेखि निरन्तर सोही क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छेदारको यो आठौँ चुनावी प्रतिस्पर्धा हो । ४८ देखि निर्वाचन उठ्दै आएका गच्छदार ७९को निर्वाचनमा भने पराजित भएका थिए ।
यो बाहेक उनी एक पटक पनि यो क्षेत्रमा पराजित भएका छैनन् । यसअघि गच्छदार सुनसरी क्षेत्र नम्बर २ र ३ बाट २०४८ सालयता निर्वाचन जित्दै आएका छन् । गच्छदारले सुनसरीबाट ४८, ५१, ५६, ६४ र ७० र ७४ मा निर्वाचन जिते । उनी आम निर्वाचन २०४८, २०५१ र २०५६ मा नेपाली काङ्ग्रेसबाट उम्मेदवार भएका थिए । सो बेलो उनी सुनसरी क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए । सुनसरी २ त्यो बेला अहिलेको ३ को भूगोल थियो ।
२०६४ को संविधान सभामा नेपाली काँग्रेसले उनलाई टिकट नदिने भएपछि मधेसी जनअधिकार फोरममा गएर चुनाव लडे । उनी सो चुनावमा पनि विजयी भए । २०७०को निर्वाचन अघि उनले फोरम फुटाएर आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरे । लोकतान्त्रिकबाट निर्वाचन लडेका गच्छेदारले सो पटक पनि बाजी मारे । ७४ को निर्वाचनमा उनी पुन नेपाली काँग्रेसमा फर्किएर टिकट हाता पारे । सो निर्वाचनमा पनि उनी विजयी भए । ७९को निर्वाचनमा भने पराजित भए । उनलाई एमालेकी भगवती चौधरीले पराजित गरिन् । उनी १८ पटक मन्त्री बन्दा ५ पटक त उपप्रधानमन्त्री नै बने ।
यस पटकको प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचन क्षेत्रीय समितिमा गच्छदारले आफ्नो एकल नाम सिफारिस गर्न दबाब दिए । दबाबका कारण दुई दिन सम्म क्षेत्रीय समितिले नाम नै सिफर गर्न सकेन । उनको दबाबको बावजुत पनि क्षेत्रीय समितिले अरू दुई जनाको पनि नाम सिफारिस गरेको थियो । सिफारिसका बाबजुद गच्चछारले आफ्नै पक्षमा निर्णय गराएका छन् ।
उनको पक्षमा निर्णय भएसँगै काँग्रेसका कार्यकर्ताहरूले असन्तुष्टि जाहेर गर्न थालेका छन् । सामाजिक सञ्जालमा कार्यकर्ताहरूले सुनसरी क्षेत्र नम्बर ३ बाट बसाई सर्नु पर्ने सम्मको अभिव्यक्ति दिएका छन्
वेद गच्छदार भने दुहबी नगरपालिकाका मेयर हुन् । उनी मेयर छाडेर प्रतिनिधि सभा फड्किने तयारीमा छन् । उनीहरू नाताले दाजु भाइ समेत हुन् ।

















