विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले सुनसरीका सबै क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । यस अघि सुनसरी १ का लागि उम्मेदवार बनाउने भनिएको सूर्य पान्धाकको स्थानमा टिकाराम माङ्लेनलाई उम्मेदवार बनाउने निर्णय गदै सुनसरीका ४ वटै निर्वाचन क्षेत्रका उम्मेदवार फाइनल गरेको हो । सुनसरी १ बाट टिकट पाउने  अनेरास्ववियु सुनसरीका पूर्व अध्यक्ष हुन् ।  

४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा हिजो क्षेत्र नम्बर ३बाट भगवती चौधरी र  र १ बाट सूय पान्धाकलाई  उम्मेदवार बनाउने गरिको  नाम सार्वजनिक भएको थियो । ती नाममा पनि सुनसरी १ को नाममा भने हेरफेर भएको छ ।  

एमालेले सुनसरी २ बाट रेवतीरमण भण्डारी र ४ बाट जगदीश कुसियैतको नाम टुङ्गो लगाएसँगै सबै क्षेत्रबाट उम्मेदवारको नाम फाइनल भएको छ ।  सुनसरी ३ बाट भगवती चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दुई बाट नाम फाइनल भएका भण्डारी भने हाल प्रदेश कोशी प्रदेश सभा सदस्य हुन्  । यस अघि उनी कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत भएका थिए । संविधान सभा समेत रहेका भण्डारी लामो समय एमाले सुनसरीको नेतृत्वमा रहँदै आएका छन् । सुनसरी ३ बाट उम्मेदवार बन्न लागेकी चौधरी २०७९को निर्वाचन  सोही क्षेत्रबाट विजयी भएकी थिइन् । उनी पूर्व मन्त्री समेत हुन् । सुनसरी ४ बाट उम्मेदवार बन्न लागेका कुसियैत यस एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज हुन्  । अघिल्लो निर्वाचनमा उनी सोही क्षेत्रबाट झिनो मतान्तरले पराजित भएका थिए ।