इटहरी । नेपाल प्रहरीका पूर्व महानिरिक्षक सर्वेन्द्र खनालले इटहरीका बिभिन्न क्षेत्रका अगुवा र जेनजी युवाहरुसंग अन्तरक्रिया गरेका छन ।

देशको वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयवस्तुबारे केन्द्रित विशेष अन्तरक्रिया कार्यक्रम भएको छ।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक श्री सर्वेन्द्र खनालले देशको समसामयिक परिस्थिति, सुरक्षा चुनौती र वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, सामाजिक अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले देशको समग्र अवस्था, सुशासन, सुरक्षा तथा विकासका विषयमा प्रश्न उठाएका थिए भने पूर्व प्रहरी महानिरीक्षक खनालले ती जिज्ञासाहरूको स्पष्ट उत्तर दिनुभएको थियो।

यस्ता अन्तरक्रिया कार्यक्रमले जनस्तरमा सचेतना अभिवृद्धि गर्न र समसामयिक विषयमा साझा बुझाइ निर्माण गर्न सहयोग पुग्ने विश्वास लिइएको इटहरीका नागरिक अगुवा चन्द्र बरालले जानकारी दिए ।