सुनसरी । नेकपा एमाले कोसी प्रदेश कमिटीले इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्ववारिकलाल चौधरीलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीको नीति र नेतृत्वप्रति अनास्था फैलाएको भन्दै प्रदेश कमिटी सदस्य समेत रहेका चौधरीलाई मङ्सिर १ गते सम्पन्न प्रदेश कमिटीको नवौँ पूर्ण बैठकले पार्टीको जिम्मेवारीबाट मुक्त गर्दै ६ महिनाका लागि पार्टी सदस्यता समेत निलम्बन गर्ने निर्णय गरेको हो ।
सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा पार्टी नीति र नेतृत्वविरुद्ध अराजक गतिविधि गरेको आरोप चौधरीमाथि छ ।
पटक–पटक सम्झाउँदा समेत उनले आफ्नो कार्यशैलीमा सुधार नल्याएपछि कारबाही गर्नुपरेको एमाले कोसी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
आफ्नै धर्म छोरीलाई बलात्कार गरेको आरोप लागेका बिर्तामोड नगरपालिका पूर्व मेयर ध्रुवकुमार सिवाकोटीलाई सल्लाहकारबाट हटाउने निर्णय प्रदेश कमिटीले गरेको छ ।

















