सुनसरी । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले कार्यालयमा आगजनी गरेपछि भुँईमै बसेको इटहरीको कार्यपालिका बैठक केही निर्णय गर्दै सकिएको छ । उपमहानगरको प्रांगणको भुुँईमा बसेको बसेको बैठकले इटहरीमा भएको प्रदर्शनको क्रममा ज्यान गुमाएका दुई युवा प्रति श्रद्धाञ्जली अर्पण गरेको छ। घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ।
बैठकले आन्दोलनका क्रममा नगरमा भएका भौतिक क्षतिको विवरण संकलन गर्ने, इटहरी कार्यपालिका कार्यालय असोज ४ गतेसम्म बिदा दिने र त्यसपछि मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ।
भदौ २३ र २४ गते जेनजीको आन्दोलनका दुवै दिन उपमहानगर कार्यालयमा आगजनी गरिएको थियो। २३ गते प्रदर्शनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो।