विराटनगर । सुनसरीको धरानमा रहेको भाटभटेनीमा एकजनाको शव जलेको अवस्थामा फेला परेको छ। आज बिहान आगो नियन्त्रणमा लिने क्रममा प्रहरी लगायतको स्थानीयले त्यहाँ शव फेला पारेको प्रहरीले जनाएको छ। जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो। शव कसको हो भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। भाटभटेनीमा अरु तीनजना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ। यस बारेमा खोजी भइरहेको प्रहरीको भनाइ छ। शवको प्रकृति जलेको अवस्थामा कङ्काल मात्रै फेला परेको पाइएको छ, कसको हो भन्ने विषयमा पहिचान हुन नसकेको प्रहरीको दाबी छ। त्यस्तै हराइरहेकाहरूको सन्दर्भमा समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।