विराटनगर । मोरङ जिल्लाभर शुक्रवार पनि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म निषेधाज्ञा निरन्तरता दिएको छ। साथै बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेश निरन्तरता दिएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अत्यावश्यक सेवा, बैङ्क तथा वित्तीय संस्था भने सीमित कर्मचारीसहित सञ्चालन गर्न पाउने व्यवस्था गरिएको बताए।
यस्तै, सर्वसाधारणसम्म सहज रूपमा जानकारी पुगोस् भन्ने उद्देश्यले प्रचारप्रसार गरिदिन आग्रह गरिएको छ । निषेधाज्ञा र कर्फ्यु कार्यान्वयन गर्नका लागि नागरिकलाई बुझाउन समस्या हुँदा अप्ठ्यारो भएकोले सेनाले बल प्रयोग गर्नु पर्ने अवस्था आएको समेत सुरक्षा निकायले जनाएको छ ।
हिजो आवश्यक सूचना समयमै प्रवाह नहुँदा कर्फ्यु कार्यान्वयनमा कठिनाइ भएको कारण आज विशेष ध्यान दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जनाएका छन्।