सुनसरी । जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु हुने इटहरीका अर्का युवाको नाम खुलेको छ ।
मृत्यु हुनेमा इटहरी इटहरी –८ निवासी मोहन सरदार रहेका छन । सरदार इटहरी आसपासको क्षेत्रमा मजदुरी गर्दै जीबिका चलाउदै आएका थिए ।
गोली लागेर गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याउने बिक्तिकै मृत्यु भएको प्रतिष्ठानका चिकित्सकको भनाई छ ।
गोली लागेर मृत्यु भएका अर्का युवा इटहरी १६ का अभिषेक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।