सुनसरी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजीव कोइरालाले खेलकुदका संस्थाहरुको नेतृत्व काँग्रेसले पाउनुपर्ने माग गरेका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कोइरालाले संघीय सरकार अन्र्तगतको राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव र प्रदेश खेलकुद विकास बोर्डको नेतृत्व काँग्रेसले पाउनुपर्ने माग गरे ।
सरकार मातहत रहेका खेलकुदका संस्थाहरुमा लामो समय देखी काँग्रेसले नेतृत्व गर्न नपाएको भन्दै अब काँग्रेसले पाउनुपर्ने उनले बताए ।
काँग्रेसको अनुशासन समितिका सदस्य समेत रहेका केन्द्रिय सदस्य कोइरालाले कोशी प्रदेशको खेलकुद विकास बोर्डको नेतृत्व काँग्रेसले पाउनुपर्ने दावी गरे ।
यस अघि भागबन्डाका नाममा काँग्रेसले पाउनुपर्ने बोर्डको सदस्य सचिव अर्को पाटीले पाएको कोइरालाले बताए । अब पनि यो वा त्यो बाहना र भागबन्डाको नाममा काँग्रेसलाई नदिन सक्ने भन्दै कोइरालाले बेलैमा काँग्रेसले दावी गर्नुपर्ने बताए । यस विषयमा प्रदेश सरकारसँग पाटी नेतृत्वले छलफल गर्नुपर्ने उनले बताए ।
फेरी पनि सरकार फेरबदलको चर्चा सुरु भएको, कोशी अर्को प्रदेशसँग साट्ने कुरा आएको भन्दै त्यो स्वीकार्न नसकिने उनको तर्क थियो ।
उनले भने, फेरी पनि कोशी प्रदेश अर्को प्रदेशसँग साट्ने चर्चा सुरु भएको छ । भागबन्डा गर्दा नपर्न सक्छ, बेलैमा सचेत भएर छलफल गरौँ ।
काँग्रेसको भातृसंगठनको रुपमा रहेको लोकतान्त्रिक खेलकुद संघको अधिवसेन समयमै भएकोमा बधाई दिए । यसै गरी पाटीको महाधिवेशन पनि तोकिएकै समयमा हुनुपर्ने कोइरालाले माग गरे ।
यस्तै विशिष्ठ अतिथि काँग्रेसको खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले अब खेलाडीका मागलाई लिएर सरकारसँग दवाबमुलक कार्यक्रम गर्नुपर्ने बताए ।
केन्द्रिय सदस्य रायमाझीले खेलाडीका सेवा सुविधा, कार्यक्रमको माग गर्दै तल्लो तहका सरकार देखी माथिल्लो तहका सरकारसँग माग गर्दै दवाब दिनुपर्ने बताए ।
उनले भने, अब लोकतान्त्रिक खेलकुद संघले स्थानिय, प्रदेश सरकारसँग खेलाडीको एजेण्डालाई लिएर अभियान चलाउनुपर्ने बताए ।
सानो ठुलो जस्तो भएपनि कार्यक्रमका लागि पालिका सरकार र प्रदेश सरकारसँग माग गर्नुपर्ने उनले बताए । पाटीले पनि यस विषयलाई प्राथमिकता दिने बताए ।
आज सम्पन्न भएको लोकतान्त्रिक खेलकुद संघको प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
अधिवेशनले मोरङका अभिषेक श्रेष्ठको अध्यक्षतामा २८ सदस्यीय समिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा सुनसरीका अनुरोध थापा सर्वसम्मत चयन भएका छन् ।