विराटनगर । इटहरी उप महानगरमा बजेट होलिडे सुरु भएको प्रति आपत्ति जनाउँदै माओवादीले आन्दोलनको चेतावनी दिएको छ । इटहरी सरकारमा रहेका दलहरूले एकले अर्कोलाई दोष देखाउँदै समस्याबाट पन्छिने खोजेको भन्दै माओवादीले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

इटहरी उप महानगरले आर्थिक वर्ष ८३ र८३ का लागि बजेट ल्याए पनि पास गर्न सकेको छैन । बजेट पास नहुँदा इटहरीमा बजेट सुरु भएको छ ।  माओवादी केन्द्र इटहरीले विज्ञप्ति जारी गर्दै  आर्थिक वर्ष ०८१/ ०८२ को अन्त्यसम्म पनि ०८०/ ०८१ आ व  मा सम्पन्न उपमहानगरबाट संचालित आयोजनाहरुको भुक्तानी गर्न इटहरी उपमहानगरपालिका कार्यालय असक्षम भएको भन्दै   गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तै माओवादीले  इटहरीका मेयर हेमकर्ण पौडेलले पत्रकार एवम् सञ्चारकर्मीमाथि लगाइएका आधार हीन आरोप तथा लाञ्छनाको घोर विरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, हाम्रो पार्टी संविधानले नै सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदछौँ ।

माओवादीले उप महानगरमा बढ्दो बेरुजु प्रति समेत आपत्ति जनाउँदै चिन्ता व्यक्त गरेको छ । महालेखा परिरक्षक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका उप महानगर मध्ये सबै भन्दा बढी बेरुजु इटहरीको रहेको छ । 
52d078d6-33f6-4a64-b256-094c2ca0732a