धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ स्थित धपडताल पोखरीमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर ज्यान गएको छ।
जिल्ला धनकुटा चौबिसे गाउँपालिका–१ फेदापजुङका १७ वर्षीय अभिषेक आले मगर धपडतालमा पौडी खेल्ने क्रममा आज अपराह्न ३:३० बजेतिर डुबेका थिए। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मुढेवासबाट प्रहरी निरीक्षक गोपाल राईको कमाण्डमा टोली खटिएको थियो। साथै, ईप्रका राजारानीबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा थप उद्धार तथा खोजी टोली परिचालन गरिएको थियो।
प्रहरीको संयुक्त प्रयासमा खोजतलास गर्दा डुबेका आले मगरको शव घटनास्थलको पोखरीमै अपराह्न ४:५५ बजे फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।