धरान  । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले   माओवादीलाई कमजोर बनाएर पहिचानको आन्दोलन सफल नहुने समेत बताए । उनले माओवादी कमजोर भए पहिचानको आन्दोलन पनि कमजोर हुने बताए । उनले भने, माओवादीलाई कमजोर बनाएर पहिचानको आन्दोलन बलियो हुन्छ भन्ने गल्ती नगरौँ । ’

उनले पहिचानको आन्दोलनका लागि माओवादीले  गम्भीर आत्म समीक्षा गरेर आएको बताए । उनले आफू  बालुवाटारमा भए पनि  र खुमलटुरमा भए पनि पहिचानका लागि आन्दोलन गरिरहेकाहरूसँग वार्ता र संवाद गरी राखेको बताए । उनले भने, ‘हिजो सडकमा ३० दलीय मोर्चा हूदाँ होस या २२ दलीय मोर्चा हामी सँगै थियौ ।  मैले नै नेतृत्व गरेर पहिचानको आन्दोलन सफल भएको थियो । ’ 
अध्यक्ष प्रचण्डले पहिचानका लागि आफ्नो र माओवादीको नेतृत्वमा आन्दोलन गरिएको बताए । उनले भने पहिचानका लागि हिजो  सँगै लडेको थियो ।
पहिचानका विषयमा हामी  गम्भीर आत्मासमिक्षा सहित समाजवादको लक्ष्यका लागि आएका छौ । एक पटक फेरी माओवादीलाई स्वीकार गर्नुस् । ’
उनले संविधान संशोधन आवश्यक रहेको बताए । उनले मजदुर किसान र उत्पीडित समुदायको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको बताए ।
उनले भने,‘मुलुकमा रहेको भ्रष्टाचारको मुहान थुन्न शासकीय संरचना फेर्न आवश्यक छ । अहिलेको चुनावी प्रणालीले देशमा भ्रष्टाचारको अन्त्य हुन सक्दैन । अध्यक्ष प्रचण्डले जनताद्धरा निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको बताए । उनले संविधान सभामा भिन्न मत राखेर आएकाले अहिलेको निर्वाचन प्रणालीलाई बदल्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको बताए ।