सनुसरी । सुनसरीको दुहबी नगरपालिका स्थित फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा प्रहरी सहायक निरिक्षक ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको छ । 

आज बिहान (शनिवार) उदयपुरबाट दुहवी तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२५१ नम्बरको मिनी पिकअप भ्यान दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक खतिवडाको मृत्यु भएको हो । 

तीव्रगतिमा रहेको पिकअप भ्यान अनियन्त्रित भई सडकको बायाँ किनारमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा सवारी चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जानकारी दिएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी सहायक निरीक्षक खतिवडालाई उपचारका लागि विराट टिचिङ अस्पतालमा पु¥याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्रियुगा नगरपालिका–८ राजाबासका खतिवडा नाराणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए ।