इटहरी  ।  उपभोक्ता मञ्च नेपालका नवनिर्वाचित पदाधिकारीको पदस्थापन सम्पन्न भएको छ । उपभोक्ता मञ्च नेपाल इटहरी उपमहानगर समितिको गत फागुन १२ गते भएको अधिवेसनले ७ सदस्य समिति चयन गरेको थियो । 

नवनिर्वाचन समितिको अध्यक्षमा माधव प्रसाद गरागाई, उपाध्यक्षमा देव बहादुर श्रेष्ठ, सचिव हेमन्त गौतम रहेका छन् । कोषाध्यक्षमा रिता राउत चयन भएकी छिन् । समितिका सदस्यहरूमा गोपाल विष्ट, ध्रुव ढकाल, यदुराम शर्मा लुइँटेल पनि सर्वसम्मत रूपमा चयन भएको नवनिर्वाचित सदस्य ध्रुव ढकालले जानकारी दिएका छन् । 

नवनिर्वाचित समितिका अध्यक्ष सहितका पदाधिकारी तथा सदस्यहरूलाई शुक्रवार एक कार्यक्रम गरी इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा न.६ का अध्यक्ष दिवस पोख्रेलले प्रमाण पत्र प्रदान गरेका छन् । 

पदस्थापन कार्यक्रममा बोल्दै अध्यक्ष दिवस पोख्रेलले उपभोक्ताको हितमा काम गर्दै उपभोक्तालाई ठगिन र गुणस्तरहीन वस्तु वा सेवाको प्रयोगबाट बचाउन सक्ने कुरामा आफू विश्वस्त रहेको बताए ।