इटहरी । दुग्ध किसानको समस्या समाधानका लागि तत्काल छलफल बोलाउन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अशोक कुमार चौधरीले सङ्घीय संसद्को कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिमा निवेदन दर्ता गराएका छन् ।

देशभरका किसानले लामो समय देखी दूधको भुक्तानी नपाएको, मिल्क होलिडे हुँदा दूध सडकमा पोख्नुपर्ने अवस्था आएको भन्दै रास्वपाका  सांसद चौधरीले कृषि तथा पशुपक्षी मन्त्रालय, कृषि विभाग, दुग्ध विकास संस्था र सम्बन्धित किसान सहितको छलफल बोलाउन माग गरेका छन् । 
सांसद चौधरीले फागुन ८ गते मङ्गलवार प्रतिनिधि सभा अन्त्रगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पाँच बुँदे माग पत्र सहितको निवेदन दर्ता गराएका हुन ।
दुग्ध किसानको माग सम्बोधन गर्न सरकारको तर्फबाट कुनै पहल नभएको भन्दै समिति मार्फत सरकारसँग छलफलको माग गर्दै निवेदन दर्ता गराएको सांसद चौधरीले बताए ।  
समस्याका विषयमा समितिले सकारात्मक पहलकदमी लिने अपेक्षा गरेको उनको भनाई छ । 
देशभरका किसानको विगत लामो समयदेखि रोकिएको दूधको भुक्तानी किसानलाई अविलम्ब दिन पहल गर्न र आउँदा दिनमा नियमित भुक्तानीको व्यवस्था मिलाउनुहुन । 
चितवनको ठिमुरामा रहेको पाउडर प्लान्ट सञ्चालनमा रहेका समस्या तत्काल समाधान गरी स्वदेशी दूधको खपत बढाउने प्रबन्ध गर्नुहुन ।
एकातिर मिल्क होलिडे गर्ने अर्कातिर विदेशबाट पाउडर दूध भित्राउने प्रवृत्तिको अन्त्यको लागि नीतिगत प्रबन्ध मिलाउन आफ्नो तर्फबाट सरकारलाई सहजिकरण गर्न र दबाब बढाउनुपर्ने  लगायतका पाँच बुँदे माग गरेका छन् । 

asok chaudhari