सुनसरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले ३३ औँ स्थापना दिवस मनाएको छ ।
कार्यालयले विगत बर्सहरूमा जस्तै यस बर्षपनि जनप्रतिनिधि तथा विभिन्न कार्यालयका प्रमुख र अन्य सरोकारवालाहरूलाई कार्यालयमा बोलाएर औपचारिक कार्यक्रम गर्दै दिवस मनाएको हो ।
cciii
उक्त अवसरमा आयोगको कार्यालय इटहरीले गत आर्थिक वर्षमा ६९.१३ प्रतिशत प्रगति हासिल गरेको छ । आयोगको कार्यालयले आइतबार ३३ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा गत आर्थिक वर्षमा प्रारम्भिक छानबिन तर्फ जम्मा २४०७ उजुरी रहेकोमा सो मध्ये १६६४ फर्छ्यौट हुँदा ६९.१३ प्रतिशत प्रगति हासिल भएको जनाएको हो । जसमध्ये १५५ वटा उजुरीहरूमा विस्तृत अनुसन्धान अधिकृत तोकिएको, ८७३ वटा उजुरी तामेलीमा राखिएको, १४ वटा उजुरी उपर सुझाव दिइएको र ६२२ वटा उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारवाहीको लागि विभिन्न निकायमा लेखी पठाइएको जनाइएको छ । गत आ.व.मा फर्छ्यौट हुन बाँकी रहेका ७४३ उजुरीहरू चालु आ.व. ०८०/८१ मा जिम्मेवारी सरेर आएको आयोगका इटहरी कार्यालय प्रमुख सुरेश न्यौपानेले बताए । 
CIIA photo
सुधारौँ सोच, संस्कार र व्यवहार, नियन्त्रण हुन्छ भ्रष्टाचार भन्ने मूल नाराका साथ आयोगको ३३ औँ स्थापना दिवसमा निबन्ध प्रतियोगितामा सहभागी विजयी छात्रछात्रालाई पुरस्कृत समेत गरिएको छ । निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने ग्लोबल एजुकेशनल एकेडेमी दमक झापाकी कृतिशा भण्डारी, दोस्रो हुने सैनिक आवसिय विद्यालय, धरान सुनसरीका प्रिन्स श्रेष्ठ र धुलाबारी मावि झापाका दिक्षा प्याकुरेललाई पुरस्कृत गरियो । प्रथम, द्धितिय र तेस्रो हुनेहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका प्रमुख पर्शुराम खापुङले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार प्रदान गरे ।