विराटनगर । नेकपा एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले एमालेले मात्रै भ्रष्टाचार र तस्करी नियन्त्रण गरी कानुन र न्यायको राज दिन सक्ने दाबी गरे । उनले नेकपा एमालेले मात्रै शान्ति सुव्यवस्था कायम गर्न सक्ने बताए ।
पुष्पलाल मध्यपहाडि लोक मार्ग केन्द्रित झुला घाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा भएको सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले देशको हित राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा एमालेले मात्रै गर्न सक्ने बताए । उनले भने,‘जति बेला एमाले सरकारमा गएको छ । एमाले सरकारमा गएको बेला व्यवहार र इतिहासले प्रमाणित गरेको दाबी गर्दै नेकपा एमालेले मात्रै देशमा समृद्धि ल्याउने काम गरेको छ ।’
उनले नेकपा एमाले साँढे तीन वर्ष सरकारमा हुँदा राष्ट्रिय हितको काम गरेको बताए ।
विकासको सन्दर्भमा उनले एयरपोर्ट, बाटो घाटो निर्माण, खानेपानीको व्यवस्था र कृषिको विकासमा एमालेले काम गरेको दाबी गरे ।
अहिले विकास निर्माण ठप्प भएको भन्दै यस विषयमा गठबन्धन सरकारले सोच्न समेत नसकेको आरोप लगाए । उनले अहिलेको गठबन्धन सरकार साम्प्रदायिक भावनाको जालबाट उठेको बताए ।
उनले ओखलढुङ्गाको हर्कपुरमा भएको सभामा सम्बोधन गर्दै उनले वर्तमान सरकारले राष्ट्रिय एकताको भावना बढाउन त के यस बारेमा सोच्न सम्म पनि नसकेको आरोप लगाए । उनले अहिले पनि यो सरकारले साम्प्रदायिकता पक्षहरूलाई भित्र भित्रैबाट बढवा दिइरहेको आरोप लगाए । उनले गठबन्धन सरकारले निराशाको भावना फैलाउँदै राष्ट्र भक्तिलाई कमजोर बनाएको आरोप लगाए ।

















