विराटनगर । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाड जोर्नी विभागमा  नेपालकै पहिलो थ्री डी गाईट एनालाईसिस ल्याब स्थापना भएको छ। जेनेभा युनिभर्सिटी हस्पिटलस, स्वीट्जल्र्याण्डको सहयोगमा सो मेसिन जडान भएको हो  । जेनेभाबाट आएका तीन जना विशेषज्ञको टोलीले प्रतिष्ठानमा ल्याब स्थापना एवम् जनशक्तिलाई सञ्चालन सम्बन्धि तालिम दिएको छ ।  
टोलीमा डा.जेराल्डो डिकुलन (बाल हाड जोर्नी विशेषज्ञ), प्रा.स्टिफेन आरमान्ड तथा एलिस बोनेफोइ रहेका छन्  । 
कतिपय मानिसहरूको सेरेब्रल पाल्सीका कारण, विभिन्न शल्यक्रियाका कारण वा अन्य हाड जोर्नी सम्बन्धी कतिपय रोगकाकारण हिडाईको चाल नमिल्ने, हिँड्नमा कठिनाइ हुने हुन्छ । त्यस्ता मानिसहरूको हिँडाई वा चाल ठिक गर्न यस ल्याबले मद्दत पु¥याउने प्रतिष्ठानले जनाएको छ। 
3
ल्याब भित्र उच्च प्रविधिका आठ वटा क्यामेरा विभिन्न कोणमा जडान गरिएको छ ।  यस्ता बिरामीहरूको उपचारमा बिरामीलाई हिँड्न लगाई सबै कोणबाट बिरामीको चालको भिडियो र ग्राफिक्सहरू लिई उच्च प्रविधिको कम्प्युटरद्वारा  भिडियो तथा ग्राफिक्सहरूको विश्लेषण गरी समस्याको पहिचान हुने अस्पताल प्रशासनले जनाएको छ। 
उक्त तालिममा हाड जोर्नी विभागका असिस्टेन्ट प्रोफेसर द्वय डा.आशिष् पाण्डे र डा.अमित लिम्बू तथा अमन श्रेष्ठ (अर्थोटिष्ट्/प्रोस्थेटिष्ट्) र मुजाहिद हुसेन(फिजियोथेरापिष्ट)ं सहभागी थिए ।